२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ । यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ ।
यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि हो । व्हर्लपुलको विश्वव्यापी नवप्रवर्तन, गुणस्तर र उपभोक्ताको विश्वासलाई स्मार्ट अप्लायन्सेसको बलियो वितरण सञ्जाल र डिलर नेटवर्कसँग जोड्दै यी प्रदेशहरूमा विश्वस्तरीय उत्पादन सहज रूपमा उपभोक्तासम्म पु¥याइने विश्वास गरिएको छ ।
यस अवसरमा स्मार्ट अप्लायन्सेसले “स्मार्ट अप्लायन्सेस र व्हर्लपुल पार्टनर कनेक्ट २०२६” नामक भव्य डिलर मिट आयोजना गरेको थियो। कार्यक्रममा नयाँ तथा पुराना डिलर साझेदारहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै क्षेत्रीय विकासको स्पष्ट योजना पनि प्रस्तुत गरिएको थियो ।
कम्पनीका अनुसार यो साझेदारी केवल वितरण विस्तारमा सीमित नभई नेपालको घरेलु उपकरण बजारमा नयाँ युगको सुरुवात हो। स्मार्ट अप्लायन्सेसले आफ्ना डिलर साझेदारलाई सशक्त बनाउँदै दीगो व्यापारिक वृद्धि र उपभोक्तालाई भरपर्दो, आधुनिक तथा उत्कृष्ट घरेलु उपकरण समाधान उपलब्ध गराउने प्रतिबद्धता निरन्तर अगाडि बढाउने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij