Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एनआइसी एशिया बैंकको नाफामा पहिरो: १४ करोडमा खुम्चियो खुद नाफा

एनआइसी एशिया बैंकको नाफामा पहिरो: १४ करोडमा खुम्चियो खुद नाफा


  • 603
    Shares

    एनआइसी एशिया बैंकको नाफामा पहिरो: १४ करोडमा खुम्चियो खुद नाफा

    काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतको गिरावट देखिएको छ।

    चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १४ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

    बैंकले चैत मसान्तसम्म ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानीमा २०.७८ प्रतिशतको गिरावट आएको छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

    बैंकको खुद फि तथा कमिसन आम्दानी ८.५३ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७ लाख ६ हजार रुपैयाँ पुगेको छ। यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४७.८६ प्रतिशतले घटेर ६७ करोड २९ लाख ६ हजार रुपैयाँमा खुम्चिएको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५ करोड २ लाख रुपैयाँबाट केही घटेर २ अर्ब ९१ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ। बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड ८२ लाख १४ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यसले बैंकको लाभांश दिन सक्ने क्षमतामा ठुलो धक्का लागेको देखिन्छ।

    हाल १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड ४१ लाख ४९ हजार रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा भने १.९२ प्रतिशतबाट उल्लेख्य सुधार हुँदै ०.४९ प्रतिशतमा झरेको छ, जुन सकारात्मक पक्ष हो।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ पैसाले घटेर मात्र १ रुपैयाँ २५ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २६.३३ प्रतिशतले घटेर १७२ रुपैयाँ ९७ पैसामा झरेको छ। 

     

     

     

     

     

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १२:५६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij