२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ९ महिनामा (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३५.८२ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३० करोड ६४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३० करोड ६४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
बैंकको सञ्चालन मुनाफा भने ३८.६१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ९२ लाख ७१ हजार रुपैयाँ पुगेको छ। बैंकको खुद फि तथा कमिसन आम्दानी पनि २ प्रतिशतले घटेर ९१ करोड ७३ लाख ५६ हजार रुपैयाँमा खुम्चिएको छ।
बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशतले घटेर ४ अर्ब ६७ करोड ८८ लाख ५९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ७४ करोड ८९ लाख ७६ हजार रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी भने १.४८ प्रतिशतले घटेर ४ अर्ब ६७ करोड ८८ लाख ५९ हजार रुपैयाँ कायम भएको छ।
बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको खराब कर्जा ५।७१ प्रतिशतबाट बढेर ६.८२ प्रतिशत पुगेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड ६४ लाख ८१ हजार रुपैयाँमा झरेकाले बैंकको नाफा बढ्न पुगेको देखिन्छ। बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
हाल १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब १८ करोड ६७ लाख ७१ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५५ पैसाले बढेर ११ रुपैयाँ २३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij