Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

खरबुजा खाएपछि एकै परिवारका चार जनाको मृत्यु

खरबुजा खाएपछि एकै परिवारका चार जनाको मृत्यु


  • 2.1K
    Shares

    खरबुजा खाएपछि एकै परिवारका चार जनाको मृत्यु
    images

    नयाँ दिल्ली । मुम्बईमा खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु भएको छ ।

    रिपोर्टका अनुसार परिवारका सदस्यले साँझ बिरयानी खाएका थिए । त्यसपछि घरमै भएको खरबुजा खाए । केही घण्टाभित्रै सबैले गम्भीर बान्ता गर्न थाले । पखाला पनि सुरु भयो । जब अवस्था बिग्रियो, उनीहरूलाई अस्पताल लगियो, तर कसैलाई पनि बचाउन सकिएन । यो घटनाले एउटा प्रमुख प्रश्न उठाएको छ– के गर्मीयामको अमृत मानिने खरबुजा घातक हुन सक्छ रु यसले ज्यानै जानेगरी गम्भीर खाद्य विषाक्तता निम्त्याउन सक्छ ?

    खरबुजा कसरी विषाक्त हुन्छ ?

    खरबुजामा खतरा फल भित्रै होइन, तर यसको बाह्य वातावरण र भण्डारण गरेको तरिकामा हुन्छ । खरबुजा जमिनमा उम्रन्छ, जसले यसको बाहिरी तह माटो, फोहोर पानी र विभिन्न कीटाणुहरूको सम्पर्कमा आएको हुन्छ । साल्मोनेला, ई कोलाई र लिस्टेरियाजस्ता हानिकारक ब्याक्टेरिया यस फलको सतहमा टाँसिएको हुन सक्छ ।

    जब हामी खरबुजालाई फोहोर चक्कुले वा नधोई काट्छौँ, यी ब्याक्टेरियाहरू बोक्राबाट फलको भित्री भागमा छिर्छन् । खरबूजमा पानीको मात्रा धेरै हुन्छ । एक पटक काटेपछि पानी र गर्मीले यी ब्याक्टेरियाहरूलाई द्रुत रूपमा फैलिन मद्दत गर्छन् ।

    खाद्य विषाक्तताको लक्षण र जोखिम

    खरबुजा खाँदा हुने फुड पोइजनिङका लक्षणहरू सामान्य संक्रमणजस्तै हुन्छन्

    –पखाला र बान्ता हुन्छ

    –गम्भीर पेट दुखाइ र ऐंठन

    –ज्वरो र कमजोरी

    मानिसहरूले प्रायः फलफूल सधैं सुरक्षित हुन्छ भन्ने मान्छन्, तर यसलाई एक पटक काटेर सरसफाइलाई बेवास्ता गरियो भने ब्याक्टेरिया बढ्न सक्ने फरीदाबादस्थित अमृता अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा। मोहित शर्माले बताएका छन् । धेरैजसो अवस्थामा यो हल्का समस्या भए पनि यसले बालबालिका, वृद्धवृद्धा, गर्भवती र कमजोर प्रतिरक्षा भएकाहरूमा गम्भीर बनाउन सक्छ । 

    अपनाउनुहोस् यी सावधानी

    –खरबुजा काट्नु अघि बाहिरी बोक्रा सफा पानीले राम्ररी धुनुपर्छ, ताकि सतहमा भएका कीटाणुहरू भित्र नछिरून् ।

    –सडक किनारमा काटिएको फलबाट खान हुँदैन, घाम र तातोमा काटेर घण्टौंसम्म राखिँदा ब्याक्टेरियाका लागि प्रजननस्थल बन्न सक्छ । 

    –काट्ने बित्तिकै खरबुजालाई फ्रिजमा राख्नुपर्छ । काटिएको भाग २४ देखि ४८ घण्टा भित्र खाइसक्नुपर्छ ।

    –सधैं सफा चक्कु र काट्ने बोर्डहरू प्रयोग गर्नुपर्छ ।

    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १८:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij