Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

नेपाल बैंकको मुनाफा ९ महिनामा ९४ लाख रुपैयाँ बढ्यो

नेपाल बैंकको मुनाफा ९ महिनामा ९४ लाख रुपैयाँ बढ्यो


  • 554
    Shares

    नेपाल बैंकको मुनाफा ९ महिनामा ९४ लाख रुपैयाँ बढ्यो

    काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्ष सोही अवधिमा यो बैंकले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

    बैंकले समीक्षा अवधिमा गत आर्थिक बर्षको तुलनामा नाफा रकम सामान्य मात्रै बढाएको हो । 

    बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा रकम ९४ लाख ८७ हजार रुपैयाँ अर्थात ०.३४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिसन आम्दानी घटेको देखिन्छ भने अन्य सूचकहरू सकारात्मक नै रहेका छन् । 

    गत आर्थिक बर्षको चैत मसान्तसम्म ७ अर्ब १० करोड ७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा उक्त रकम २.९९ प्रतिशतले बढाएर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । 

    त्यस्तै, नेट फि तथा आम्दानी ९.२३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको चैत मसान्तमा ७५ करोड ३९ लाख १३ हजार रुपैयाँ रहेको यस्तो आम्दानी रकम यस बर्ष ६८ करोड ४३ लाख ६२ हजारमा सीमित भएको छ । 

    बैंकको प्रतिशेयर आम्दानी ०.०८ प्रतिशतले बढेर २५ रुपैयाँ ३४ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा कायम भएको छ । जुन गत बर्षको तुलनामा १२.०५ प्रतिशतले बढी हो । यसैगरी वितरणयोग्य मुनाफा मात्र ३२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा रहेको देखिन्छ । 

    पुँजीकोष पर्याप्तता १३.०५ प्रतिशत रहेको बैंकले खराब कर्जा भने गत आर्थिक बर्षको तुलनामा ०.४९ प्रतिशतले घटाएको छ । गत आर्थिक बर्षको चैत मसान्तसम्म नेपाल बैंकको खराब कर्जा ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशत कायम भएको हो । 
    त्यस्तै, इम्पेरमेन्ट चार्ज ३९ करोड १० लाख ३४ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार रुपैयाँ रहेकोमा १२.५२ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

    समीक्षा अवधिमा चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको नेपाल बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड ४६  लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १४:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij