Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सहकारीको बन्द कोठाभित्र कर्मचारी अचेत फेला, ढोका फुटाएर उद्धार

सहकारीको बन्द कोठाभित्र कर्मचारी अचेत फेला, ढोका फुटाएर उद्धार


  • 673
    Shares

    सहकारीको बन्द कोठाभित्र कर्मचारी अचेत फेला, ढोका फुटाएर उद्धार

    काठमाडौं । मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन् । उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

    हेटौँडा अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा लगिएको थियो । यो घटना शुक्रबार मध्याह्न करिब १२ बजेको हो ।

    ती कर्मचारी व्यवस्थापकीय जिम्मेवारीमा थिइन् । परिवारका सदस्यहरुले उनलाई सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले मानसिक तनाव दिएकाले आत्महत्या प्रयास गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा उजुरी  दिएका छन् । सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको हो ।

    मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले पीडित उपचार गरेर फर्किएपछि दुवै पक्षलाई राखेर छलफल गरिने जानकारी दिएका छन् ।

    कर्मचारीमाथि कार्यस्थलमा भएको दुर्व्यवहारका कारण उनले विषादी सेवन गर्न बाध्य भएको परिवारका एक सदस्यले जिकिर गरेका छन् । आरोपित ७ जनाले ती कर्मचारीमाथि पटक-पटक गालीगलौज गर्ने, गैरकानुनी काम गर्न दबाब दिने, चरित्र हत्या गर्ने तथा धम्की दिनेजस्ता व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

    पीडितले विष सेवन गर्नुअघि ‘अलबिदा’ लेखेको करिब ७-८ पेजको सुसाइड नोटसमेत फेला परेको उनका भाइले बताएका छन् । घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:०८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij