Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

बीपी राजमार्गमा अलपत्र परेका यात्रुको उद्धार

बीपी राजमार्गमा अलपत्र परेका यात्रुको उद्धार


  • 267
    Shares

    बीपी राजमार्गमा अलपत्र परेका यात्रुको उद्धार

    काठमाडौं । बाढीले खोलाको डाइभर्सना बगाउँदा बीपी राजमार्ग अवरुद्ध बनेपछि सुरक्षाकर्मीले यात्रुको उद्धार गर्न थालेका छन्। काभ्रेको मंगलटार क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार कार्य सुरु गरिएको काभ्रे प्रहरीले जनाएको छ। 

    स्थानीयको सहयोगमा केही आइतबार बिहानबाट अलपत्र यात्रुको उद्धार सुरु गरिएको प्रहरीले जनाएको छ। अत्यधिक वर्षासँगै रोशी खोलामा पानीको बहाव बढ्दा शनिबार दिउँसोदेखि नै बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। 

    बाढीले विभिन्न स्थानका अस्थायी डाइभर्सन बगाउनुका साथै सडकमा पहिरोसमेत खस्दा सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।  सडक अवरुद्ध हुँदा काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने मंगलटारमा बस, माइक्रोबस तथा निजी सवारी साधन रोकिएका छन्।

    सवारी साधन रोकिँदा सयौँ यात्रु बिच सडकमै अलपत्र परेका छन्। ‘जोखिमयुक्त स्थानबाट यात्रुलाई पैदलमार्ग हुँदै सुरक्षित स्थानमा पुर्‍याउने तथा आवश्यक परेमा वैकल्पिक यातायातको व्यवस्था मिलाउने प्रयास भइरहेको छ,’ 

    वर्षा पूर्णरुपमा नरोकिएसम्म सवारी साधन सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ। सडक डिभिजन कार्यालयले मौसममा सुधार आएपछि मात्रै क्षतिग्रस्त डाइभर्सन मर्मत तथा पहिरो पन्छाउने काम अघि बढाइने जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १२:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij