२०८३ बैशाख १२ गते शनिवार
काठमाडौं । काठमाडौंको सुकुम्बासी बस्तीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री बालेन शाहको निर्देशन बमोजिम आज र भोलिभित्रमा काठमाडौंका खोला किनारका अवैध संरचना हटाउनका लागि आज बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
यसका लागि प्रहरीले बिहीबार रातिदेखि नै माइकिङ गर्दै आएको थियो । सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो।
यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij