Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

नेपाली कांग्रेसमा विद्रोहको संकेत: देउवा पक्षीयले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय

नेपाली कांग्रेसमा विद्रोहको संकेत: देउवा पक्षीयले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय


  • 897
    Shares

    नेपाली कांग्रेसमा विद्रोहको संकेत: देउवा पक्षीयले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय

    काठमाडौं । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहको छलफलमा ४ नेताले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय उठाएका छन् ।

    काठमाडौँको महाराजगन्जमा चलिरहेको छलफलमा धारणा राख्ने निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् । 

    पार्टीभित्र सम्मानपूर्वक अगाडि बढ्ने अवस्था आएमा भने १५ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने उनीहरूको भनाइ रहेको ती केन्द्रीय सदस्यले बताएका छन् । 

    समूहले सर्वोच्चको फैसलालाई असहमति भए पनि स्वीकार्ने बताएको छ । फैसलामा लेखिएका केही विषयहरूमा आफूहरूको फरक मत भने कायमै रहेको समूहको भनाइ छ । 

    सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको सामाजिक सञ्जालमा लेखेका थिए ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १७:४८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij