२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म अधिकांश मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ। बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।
सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले तेस्रो त्रैमाससम्म ५८ करोड ८६ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १९.३७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकले ८४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि १८.३४ प्रतिशतले बढेको छ।
चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ थियो।
चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ७६ लाख रुपैयाँ रहेको छ। यस हिसाबले दोस्रो त्रैमाससम्म बैंकले १४.१५ प्रतिशत लाभांश क्षमता बनाएको छ।
चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ४१ करोड ७६ लाख रुपैयाँ र जगेडामा २ अर्ब ३ करोड ७३ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको चैतसम्म बैंकले ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी बढेर २०.०५ रुपैयाँ कायम भएको छ भने बैंकको पीई रेसियो २४.२० गुणा र प्रतिशेयर नेटवर्थ १६३.५७ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij