Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

आइफोनबारे सञ्चारमन्त्रीको प्रतिक्रिया–भ्रामक सूचना, नागरिकलाई सुन्दर भविष्य दिन सरकार क्रियाशील

आइफोनबारे सञ्चारमन्त्रीको प्रतिक्रिया–भ्रामक सूचना, नागरिकलाई सुन्दर भविष्य दिन सरकार क्रियाशील

  • 260
    Shares

    आइफोनबारे सञ्चारमन्त्रीको प्रतिक्रिया–भ्रामक सूचना, नागरिकलाई सुन्दर भविष्य दिन सरकार क्रियाशील

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने विषय कसैको परिकल्पनाको भ्रामक कथा मात्र भएको बताएका छन् । यस्तो कल्पना कसरी निर्माण भयो भन्ने जिज्ञासा पनि उनले राखेका छन् ।

    उनले भनेका छन्, ‘कसको कल्पनामा किन निर्माण भयो ? यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनीयता सुनिश्चत गर्नुहोला ।’

    उनले थपेका छन्, ‘यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरूपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ ।’

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - ११:१३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij