Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

मूल्य बढाउँदा पनि आयल निगमलाई अझै पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी

मूल्य बढाउँदा पनि आयल निगमलाई अझै पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी


  • 806
    Shares

    मूल्य बढाउँदा पनि आयल निगमलाई अझै पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार (वैशाख ३) गते बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

    डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रूपैयाँले बढाएको हो । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ पनि मूल्यवृद्धि गरिएको जनाएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

    मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । निगमले गएको चैत ३० गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

    लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । 

    पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँबराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ०८:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij