२०८३ बैशाख २ गते बुधवार
काठमाडौं । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।
हालै मात्र एनसेल र हिमालयन जाभा कफीबिच यो साझेदारीका लागि सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउने कम्पनीको विश्वास छ। ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भीसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन् । एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij