Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दाङमा इँटाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

दाङमा इँटाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते


  • 708
    Shares

    दाङमा इँटाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते
    images

    काठमाडौं । दाङको तुलसीपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका-१६, जहदागाउँस्थित सेवा इँटाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो ।

    पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि उनलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकको पहिचान आधार कार्डका आधारमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिएका छन् ।

    उक्त घटनामा परी सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन् । उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

    हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १३:५१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij