Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित


  • 351
    Shares

    होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

    काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो । 

    अधिवेशनबाट सिँगो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य-केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिष्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताएका छन्। 

    महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।    

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - ११:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij