Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कामना सेवा विकासद्वारा मर्चेण्ट बैङ्किङ सेवाका लागि सहायक कम्पनी स्थापना

कामना सेवा विकासद्वारा मर्चेण्ट बैङ्किङ सेवाका लागि सहायक कम्पनी स्थापना


  • 925
    Shares

    कामना सेवा विकासद्वारा मर्चेण्ट बैङ्किङ सेवाका लागि सहायक कम्पनी स्थापना
    images

    काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैङ्किङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ ।

    उक्त कम्पनीलाई सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको बैंकले जनाएको छ । यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबिच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।

    नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरू पूरा गरी मर्चेण्ट बैङ्किङ सेवाहरू सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । 

    हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रूपमा सञ्चालन हुने बैंकले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - १३:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij