२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आज आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताएका छन्।
मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालयरविश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका हुन् । उनले भने, “आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ । पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइने छ ।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij