२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं उपत्यकामा थप कडाइ गर्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले शुक्रबारदेखि एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ।
निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ।
सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।
यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
यस्तो छ नयाँ आदेश :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij