Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग, सरकारले नसुने आफैँ भाडा तोक्ने चेतावनी

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग, सरकारले नसुने आफैँ भाडा तोक्ने चेतावनी


  • 2.4K
    Shares

    भाडा समायोजन गर्न यातायात व्यवसायीको माग, सरकारले नसुने आफैँ भाडा तोक्ने चेतावनी
    images

    काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेको हो ।

    महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको उल्लेख छ।

    यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक तर्फ ११.३३५, पहाडी मालवाहक तर्फ १४.२९५ र तराई मालवाहक तर्फ ८.८१५ भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।

    व्यवसायीहरूले हालको मूल्यवृद्धिका कारण दैनिक लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको बताएका छन्। महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको छ। माग पूरा नभए व्यवसायीहरूले आफैँ भाडा तोकेर असुल गर्ने चेतावनी समेत दिएका छन्।   

    659008696_2340787789753875_6848544052266957457_n_9LH5foi8Yl.jpg

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १८:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij