२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ ।
शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेश हुँदा अनुमति नदिइएको हो ।
एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको स्रोतले जनाएको छ ।
शोभा पाठकले बस्नेतविरुद्ध यौन शोषण र दुर्व्यवहारको आरोप लगाउँदै पक्राउको माग गरेकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij