२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।
अन्य २३ जना घाइते भएका छन् । उक्त आक्रमणमा मारिनेहरूमा पाँच बालबालिका र दुई महिला रहेका छन् । घाइतेहरूमध्ये सात जना बालबालिका रहेका छन् ।
उक्त समूहले मेडिकल कर्मचारी र सामग्रीको चरम अभावका बीच शहरमा लगातार दोस्रो दिन पनि तिब्र गोलाबारी भइरहेका बेला यो आक्रमण भएको जनाएको छ । यसैबीच, सुडानी सशस्त्र बलले शहरमा भएको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij