Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका दीपक खड्का अस्पताल भर्ना

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका दीपक खड्का अस्पताल भर्ना


  • 883
    Shares

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका दीपक खड्का अस्पताल भर्ना
    images

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले बताएका छन् ।

    विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर निरन्तर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो भने नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

    अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १२:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij