२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना (२०८१\८२-२०८५\८६) को प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्यान्वयन कार्य योजना तयार गरेको छ । यो कार्ययोजनालाई मन्त्रिपरिषद्ले २०८२ फागुनमा स्वीकृत समेत गरिसकेको छ ।
१६औँ योजनामा ५ वर्षको अन्त्यसम्ममा ७.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । साथै प्रतिव्यक्ति आय हालको १,४५६ अमेरिकी डलरबाट बढाएर २,३५१ डलर पुर्याउने लक्ष्य छ । निरपेक्ष गरिबीलाई १२ प्रतिशतमा झार्ने लगायतका लक्ष्य लिइएको छ ।
यी लक्ष्य पुरा गर्नका लागि तयार कार्य योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्यका रूपमा अङ्गीकार गरेको छ । यस कार्य योजनाले सङ्घीयताको सुदृढीकरण, स्थानीय तहको क्षमता अभिवृद्धि र समावेशी दिगो विकासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
यस कार्य योजनाले नेपालको समग्र विकास प्रक्रियालाई दिशानिर्देश गर्ने उद्देश्य राखेको छ । यसमा आर्थिक वृद्धि, मानव पुँजी निर्माण, पूर्वाधार विस्तार, सुशासन र वातावरणीय दिगोपनालाई प्राथमिकता दिँदै समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य उल्लेख छ ।
समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रहरू पहिचान गरी कार्य योजना बनाइएको छ । सङ्घ,प्रदेश र स्थानीय तहबिचको सहकार्य र समन्वयमार्फत योजना कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij