Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री सेरमनबीच टेलिफोन कुराकानी

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री सेरमनबीच टेलिफोन कुराकानी


  • 7.1K
    Shares

    परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री सेरमनबीच टेलिफोन  कुराकानी
    images

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले वितरण गर्न लागेको ८ करोड डोज कोरोना खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

    अमेरिकाकी उपविदेशमन्त्री विन्डी सेरमर्नसँगको टेलिफोन संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले सो आग्रह गरेका हुन् । 'परराष्ट्रमन्त्रीले उपविदेशमन्त्रीसँग विकसित देशलाई वितरण गर्ने अतिरक्ति खोप प्रदान गर्दा नेपाललाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो' परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    गत साता अमेरिकी राष्ट्रपति जो बाईनेडले ८ करोड डोज खोप ६ साताभित्र वितरण गरिने बताएका थिए । त्यस लगत्तै कोरोना प्रभावित विभिन्न देशहरुले खोप उपलब्ध गराइदिन आग्रह गर्दै आएका छन् । खोपसहितको विषयमा छलफल गर्नका लागि भारतीय विदेशमन्त्री एस जयशंकर आज अमेरिका जाँदैछन् ।

    टेलिफोन संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारी नियन्त्रणका लागि अमेरिकाले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । 'अमेरिकी सहयोगले महामारीलाई सम्बोधन गर्नका लागि राष्ट्रिय क्षमताको विकास हुने छ' ज्ञवालीले भनेका थिए ।

    टेलिफोन संवादमा उपविदेशमन्त्री सेरमनले कोरोना महामारीसहित नेपालको समाजिक आर्थिक विकास क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिएकी छन् ।

    'दशकौदेखि दुवै देशबीच राम्रो सम्बन्धमा अभ्यास दुवैले गर्दै आएका छन् भन्दै उहाँले पाइपलाइनको रहेको परियोजना कार्यान्वयनले नेपालको समृद्धिको नयाँ बाटो खोल्ने छ' विज्ञप्तिमा भनिएको छ । दुवै मन्त्रीहरुबीचको छलफलमा जलवायु परिवर्तनको विषयमा सहकार्य गर्ने समेत छलफल भएको थियो ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १३:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij