२०८२ माघ १० गते शनिवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका विपक्षी गठनबन्धनले बढीभन्दा बढी सांसदको हस्ताक्षर जुटाउने प्रयास तीव्र पारेको छ । एमालेको माधवकुमार नेपाल पक्षका भने २३ जनाको हस्ताक्षर जुटेको छ ।
एमाले सांसद विरोध खतिवडाका अनुसार, कतिपय साथीहरु जिल्लाबाहिर रहेको र अदालतलाई ‘ओरिजिनल’ हस्ताक्षर चाहिने भएकाले केही संख्या कम भएको बताए । केही सांसदहरु भने अदालतमै आउने जानकारी पाएको उनले बताए ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा हस्ताक्षर गरेकामध्ये गोकर्ण विष्ट, पवित्र निरौला र गणेश पहाडीले रिटमा हस्ताक्षर गरेका छैनन् ।
देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने विपक्षी गठबन्धनको माग छ । त्यसैका लागि रिट दर्ता गर्न लागिएको हो ।
यी हुन् रिटमा हस्ताक्षर गर्ने एमालेका सांसदहरुः
१) विरोध खतिवडा
२) जीवनराम श्रेष्ठ
३) घनश्याम भुसाल
४) सोमप्रसाद पाण्डे
५) कृष्णलाल महर्जन
६) झपट रावल
७) निरादेवि जैरू
८) सरलाकुमारी यादव
९) कल्याणी खड्का
१०) लक्ष्मी चौधरी
११) माधव नेपाल
१२) भीम रावल
१३) कलिला खातुन
१४) रामकुमारी झाँक्री
१५) झलनाथ खनाल
१६) पुष्पा कर्ण कायस्थ
१७) भवानीप्रसाद खापुङ
१८) यज्ञ सुनुवार
१९) सुरेन्द्र पाण्डे
२०) मुकुन्द न्यौपाने
२१) मेटमणि चौधरी
२२) दीपकप्रकाश भट्ट
२३) नारायण खतिवडा
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij