२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ७ वटै प्रदेशमा सप्ताहव्यापी रूपमा सञ्चालन गरेको ग्लोबल मनी विक २०२६ भव्य रूपमा सम्पन्न गरेको छ।
चैत २ गतेदेखि ८ गतेसम्म स्मार्ट मनी टक्स २०२६ भन्ने मूल नाराका साथ सञ्चालित यस अभियानमार्फत बैंकले करिब ६ हजार सर्वसाधारण तथा लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको हो।
बैंकले आफ्ना १०८ वटा शाखा कार्यालयहरूमार्फत विभिन्न समुदाय, युवा र विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश पुर्याएको छ। ग्लोबल मनी विकअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, दमकदेखि मधेश प्रदेशको वीरगञ्ज, जनकपुर र राजविराजसम्म वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो।
त्यसै गरी बाग्मती प्रदेशको काठमाडौं उपत्यकाका विभिन्न स्थानसहित चरिकोट, हेटौँडा र सिन्धुली, गण्डकी प्रदेशको पोखरा, दमौली र बागलुङ, लुम्बिनी प्रदेशको बुटवल, घोराही र तुलसीपुर, कर्णालीको जुम्ला, सुर्खेत र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया र बझाङ लगायतका क्षेत्रमा यो अभियान चलाइएको थियो।
बैंकले पछिल्लो समय विद्युतीय बैंकिङ्गको विकाससँगै बढ्दै गएको वित्तीय अपराध र जोखिमका बारेमा समेत सहभागीहरूलाई सचेत गराएको छ। डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, नगद लेनदेनमा बैंकिङ्ग प्रणालीको प्रयोग र विप्रेषण (रेमिट्यान्स) का सही तरिकाबारे प्रशिक्षण दिइएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij