Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

ग्लोबल मनि वीक २०२६: एनआईसी एशिया क्यापिटलद्वारा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनि वीक २०२६: एनआईसी एशिया क्यापिटलद्वारा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न


  • 463
    Shares

    • images
    ग्लोबल मनि वीक २०२६: एनआईसी एशिया क्यापिटलद्वारा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनि वीक २०२६ को अवसरमा मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तक्रिर्या कार्यक्रम चैत्र ६ गते शुक्रबारका दिन सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले ग्लोबल मनि वीक २०२६ को मुख्य थिम “स्मार्ट मनि टक्स” मा आधारित भएर विद्यार्थी जिवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको स–सानो पैसा कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराएका छन् ।

    उनले बैंक तथा डिम्याट खाता कसरी खोल्ने, प्राथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एसआईपी, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र मुद्रा बजार तथा पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो ।

    उक्त कार्यक्रममा २२० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १४:३४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij