Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

चैत १७ गतेदेखि सहकारीको अभिलेखीकरण बन्द हुने

चैत १७ गतेदेखि सहकारीको अभिलेखीकरण बन्द हुने


  • 582
    Shares

    • images
    चैत १७ गतेदेखि सहकारीको अभिलेखीकरण बन्द हुने

    काठमाडौं । चैत १७ गतेदेखि सहकारीको अभिलेखीकरण बन्द हुने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द जनाएको हो । 

    प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने जनाएको छ । 

    प्राधिकरणले सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयावधिभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ । 

    तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूको हकमा भने प्राधिकरणले केही समय खुकुलो बनाएको छ । त्यस्ता संस्थाहरूले आगामी २०८३ वैशाख १७ गतेसम्म पूर्ण विवरण प्रविष्ट गरिसक्न पाउनेछन् ।

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - ११:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij