२०८२ चैत्र ८ गते आइतवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड–२०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन्।
बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा प्रसाईले गरेको योगदानको कदरस्वरुप यो सम्मान गरिएको हो ।
सीईओ प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ।
शनिबार आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित गरेका हुन्।
कोशी प्रदेशमा जन्मिई कोशी प्रदेशको नाम उच्च राख्न सफल देश-विदेशमा रही विभिन्न पेसा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा कोशी एक्सिलेन्स अवार्डबाट सम्मान प्रदान गरिँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij