Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

दक्षिण कोरियामा भीषण आगलागीः कम्तीमा १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

दक्षिण कोरियामा भीषण आगलागीः कम्तीमा १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता


  • 1.8K
    Shares

    दक्षिण कोरियामा भीषण आगलागीः कम्तीमा १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

    डेइजोन । दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

    स्थानीय समय अनुसार दिउँसो करिब १ः१७ बजे आगलागी हुँदा कारखानाभित्र झण्डै १७० जना कामदार कार्यरत थिए । अचानक लागेको आगो तीव्र गतिमा फैलिँदा धेरै कामदार भवनभित्रै फसेका थिए ।

    अग्नि नियन्त्रण अधिकारीका अनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघातको अवस्थामा फेला परेका थिए, जसलाई अस्पताल लैजाँदै गर्दा मृत घोषणा गरिएको थियो । त्यसपछि अन्य नौ जनाको शव तेस्रो तलामा भेटिएको पुष्टि गरिएको छ, जसले आगोको प्रभाव माथिल्लो तलासम्म पुगेको सङ्केत गर्दछ ।

    आगो नियन्त्रणमा लिन दमकल टोलीले लामो समय संघर्ष गर्नु परेको थियो । प्रारम्भिक चरणमा धुवाँ र उच्च तापक्रमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो । पछि संरचना सुरक्षित रहेको प्राविधिक टोलीले पुष्टि गरेपछि मात्र राति ढिलो गरी उद्धारकर्मी भवनभित्र प्रवेश गर्न सकेका थिए ।

    हाल उद्धार टोलीले बेपत्ता चार जनाको खोजी कार्य तीव्र पारेको छ । घाइतेलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ । अधिकारीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेका छन् । 

    प्रारम्भिक अनुमान अनुसार औद्योगिक उपकरण वा ज्वलनशील पदार्थबाट आगो सुरु भएको हुन सक्ने आशंका गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ । यस घटनापछि स्थानीय प्रशासनले औद्योगिक सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्न निर्देशन दिएको छ भने यस्ता घटनाबाट बच्न कारखानामा सुरक्षा निरीक्षण बढाइने जनाएको छ ।

    images
    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - १४:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij