२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट सांसद भएका केसीले संसदीय दलको नेतामा आफूले दाबी राख्ने बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा जाने क्रममा सञ्चारकर्मीहरूसँग केसीले दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।
केसीले भने, ‘,‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij