Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

लुकाइएको अवस्थामा फेला परेका ६ हजार सिलिन्डर ग्यास अब कसरी बिक्री वितरण हुन्छ ?

लुकाइएको अवस्थामा फेला परेका ६ हजार सिलिन्डर ग्यास अब कसरी बिक्री वितरण हुन्छ ?


  • 456
    Shares

    लुकाइएको अवस्थामा फेला परेका ६ हजार सिलिन्डर ग्यास अब कसरी बिक्री वितरण हुन्छ ?

    काठमाडौं । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजारभन्दा बढी ग्यास सिलिण्डर लुकाएर राखेको फेला पर्‍यो । बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला ठुलो परिमाणमा सिलिन्डर लुकाएर राख्ने ललितपुरको श्रीराम ग्यास उद्योग प्रालिलाई कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

    विभागले चैत २ गते ललितपुर महानगरपालिका–२८, हरिसिद्धिस्थित उद्योगको गोदाममा छापा मार्दा १४.२ केजी तौल भरिएका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिम वस्तुको कृत्रिम अभाव सिर्जना गरेको र जम्माखोरी गरेको कसुरमा सोही ऐनको दफा ३९ अनुसार उद्योगलाई तत्काल जरिवाना गरिएको विभागले जनाएको छ ।

    विभागले ती ६ हजारभन्दा बढी सिलिन्डर ग्यासलाई नेपाल आयल निगमको समन्वय र रोहवरमा तत्काल बजारमा पठाउन निर्देशन दिइएको छ । तर, ती ग्यास सिलिन्डरलाई ‘फुल’ (१४.२ केजी) नै बेच्ने वा हालको विशेष व्यवस्था अनुसार ‘हाफ’ (७.१ केजी) बनाएर बेच्ने भन्नेबारे छलफल भइरहेको छ ।

    नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बरामद ग्यासको वितरण मोडालिटीबारे छलफल भइरहेको जानकारी दिए। ‘वाणिज्य विभागले गर्नुपर्ने कारबाही गरिसकेको छ, अब ती सिलिन्डरलाई कसरी बिक्री वितरण गर्ने भन्ने विषयमा छलफल हुँदै छ,’ प्रवक्ता ठाकुरले भने, ‘पूरा सिलिन्डर नै बेच्ने कि आधा बनाएर बजार पठाउने भन्नेबारे ठोस निर्णय हुनासाथ हामी जानकारी गराउनेछौँ ।’

    ग्यासको माग उच्च रहेको वर्तमान परिस्थितिमा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न विभागले सबै ग्यास उत्पादक र वितरकहरूलाई आग्रह  छ । 

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - ११:४०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij