Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा कुन बैंक गरे कति खर्च ?

वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा कुन बैंक गरे कति खर्च ?


  • 1.3K
    Shares

    वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा कुन बैंक गरे कति खर्च ?

    काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२\८३ को ७ महिना माघसम्म कर्मचारीको तलबभत्तामा करिब ३५ अर्ब रुपैयाँ खर्च गरेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको माघसम्म कुल ३४ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ खर्च गरेको हो । 

    अघिल्लो वर्षको तुलनामा बैंकहरुको खर्च ५.९४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा १५ वटा बैंकको खर्च बढेको छ भने ५ वटाको घटेको छ।

    सबैभन्दा बढी खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंकहरु रहेको छ भने खर्च वृद्धिका हिसाबले नबिल बैंक अगाडि रहेको छ। 

    राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्ता सर्वाधिक २ अर्ब ८९ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो खर्च २०।७२ प्रतिशतले बढेको छ।

    नबिलले कुल २ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको खर्च २३.९३ प्रतिशतले बढेको छ। ग्लोबल आइएमई बैंकले २ अर्ब २६ करोड ४९ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ५.२३ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक कम खर्च स्ट्यान्टर्ट चार्टर्ड बैंक रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खर्च १.७२ प्रतिशतले घटेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै कुमारी बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक र एनएमबि बैंकको कर्मचारीको तलबभत्तामा जाने खर्च घटेको छ । 

    नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक ,सिटिजन्स बैंक, कमर्सियल बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ।   

     

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १५:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij