Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

८ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार किशोरी साह

८ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार किशोरी साह


  • 351
    Shares

    ८ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार किशोरी साह

    काठमाडौं । उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर, आठ पटसम्म कालोसूचीमा परेको भेटिएको छ।

    धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार साह ८ पटकसम्म कालोसूचीमा परेको विवरण भेटिएको हो । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी खारेज गरिएको जानकारी मंगलबार निर्वाचन आयोगले दिएको छ।

    मधेश प्रदेश सभाका पूर्वसदस्य साहलाई रास्वपाले उम्मेदवार बनाएपछि यसअघि नै आयोगमा उजुरी परेको थियो । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परे पनि आयोगले बेवास्ता गरिरहेको थियो ।

    तर आयोगले आवश्यक छानबिनको निष्कर्ष आएको भन्दै मंगलबार उनको उम्मेदवारी खारेज गरिदिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उजुरी अनुसारको प्रमाण पर्याप्त भेटिएपछि उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

    आठ पटक कालोसूचीमा

    कर्जा सूचना केन्द्रले उपलब्ध गराएको विवरणमा साह सबैभन्दा पहिले २०८० वैशाख १७ गते नै कालोसूचीमा थिए । साह निर्माण व्यवसायी हुन् । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनीका रुपमा रहेका छन् ।

    त्यसबेला साहसँगै साझेदार अञ्जली साह पनि कालोसूचीमा परेकी थिइन् । त्यसपछि २०८० असोज १७ गते किशोरीसँगै सञ्जित कुमार साह पनि दोस्रो पटक कालोसूचीमाा परे । त्यही मितिमा फेरि उनीहरू दुवै कर्जा सूचना केन्द्रको अर्को कालोसूचीमा परेको रेकर्ड भेटिएको छ।

    त्यसलगत्तै २०८० असोज १९ गते साहसहित रामकुमार महासेठलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्यो । त्यसपछि २०८० असोज २१ गते साह र महासेठलाई फेरि अर्को पटक कालोसूचीमा राखियो ।

    उनले गरेको बदमासीका कारण कर्जा सूचना केन्द्रले २०८० माघ २२ गते फेरि कालोसूचीमा राख्यो । उनीसँगै सञ्जितकुमार साह पनि फेरि कालोसूचीमा परे । साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर चुनावमा होमिइसकेको अवस्थामा यही माघ ४ गते उनलाई कालोसूचीमा राखियो । त्यसपछि यही १० गते पनि साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ।

    विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

    उक्त निर्वाचन क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादव प्रतिस्पर्धामा छन् । अहिले पनि त्यहाँ ४२ जना उम्मेदवार छन् ।

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - १९:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij