Logo

२०८२ फाल्गुण १६ गते शनिवार

२०८२ फाल्गुण १६ गते शनिवार

आज यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

आज यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना


  • 519
    Shares

    आज यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोसी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । 

    तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा समेत एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार, राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

    कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - ०७:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij