Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग


  • 463
    Shares

    युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

    काठमाडौं । के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनको घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

    लामो समयदेखि राष्ट्रिय टोलीको अग्रपंक्तिमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी कप्तान भण्डारी हाल चोटका कारण मैदान बाहिर रहन बाध्य छिन् । पछिल्लो सात हप्तादेखि उनी पुनःस्थापनाको प्रक्रियामा रहेकी छन् ।

    त्यसैगरी कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “कप्तान सावित्रा भण्डारी हाम्रो देशको गौरव हुन् । उनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान दिएकी छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारपछि छिट्टै मैदानमा फर्किने छन् भन्ने हाम्रो विश्वास छ ।”

    युनाइटेड सिमेन्टले खेलाडीहरू देशको पहिचान र गौरवका वाहक भएकाले उनीहरूको कठिन समयमा साथ दिनु सामाजिक दायित्व पनि भएको उल्लेख गरेको छ । खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको कम्पनीको धारणा रहेको छ ।

    नेपाली महिला फुटबल टोलीकी कप्तान भण्डारीले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई नयाँ उचाइमा पु¥याएकी छन् । उनीमाथि लागेको चोटका कारण समर्थक तथा खेलप्रेमीहरू चिन्तित बनेका बेला निजी क्षेत्रबाट आएको यो सहयोगलाई सकारात्मक पहलका रूपमा हेरिएको छ । 

     

     

     

     

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १७:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij