Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

बालेनको वाचापत्र सार्वजनिक, झापा ५ को सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने

बालेनको वाचापत्र सार्वजनिक, झापा ५ को सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने


  • 484
    Shares

    बालेनको वाचापत्र  सार्वजनिक,  झापा ५ को सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने

    काठमाडौं । झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सोमबार चुनावी घोषणापत्र  (वाचापत्र) सार्वजनिक गरेका छन्।  बालेनले झापा क्षेत्र नम्बर ५ को सुकुमवासीको समस्या एक हजार दिनमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।  

    सोमबार बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ, ‘झापा ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ ।’

    झापा ५ मा मात्रै १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेको अनौपचारिक तथ्यांक छ । झापा जिल्लाभर भने ५० हजार सात सय बढी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।

    balen-1_-_Copy_GvolIMsVxF.jpg

    balen-2_-_Copy_API8K7KGNY.jpg

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १२:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij