Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस


  • 358
    Shares

    भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

    काठमाडौं । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । 

    निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताएका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी भारत सरकारले हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताएका छन् । भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ ।

    तीमध्ये सरकारले सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी दिएको छ । भारतबाट गृह मन्त्रालय हुँदै आएका गाडीहरू ४४ जिल्लामा पठाइ सकिएको सशस्त्रका ती अधिकृतले बताएका छन् ।  

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १२:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij