Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोनामुक्त भएपछि टेन्सबर्ग बियरका मालिक खड्काको मृत्यु

कोरोनामुक्त भएपछि टेन्सबर्ग बियरका मालिक खड्काको मृत्यु


  • 5.7K
    Shares

    कोरोनामुक्त भएपछि टेन्सबर्ग बियरका मालिक खड्काको मृत्यु
    images

    काठमाडौँ । टेन्सबर्ग उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको मृत्यु भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो ।

    पारिवारिक स्रोतले दिएको जानकारीअनुसार कोरोना उपचारपछि डिस्चार्ज गर्ने समयमा उनको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि उनी लामो समयसम्म अस्पतालमा भर्ना भएका थिए । तर केही दिनअघि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

    डिस्चार्ज हुने अवस्थामा पुगिसकेका बेला उनलाई पुनः गाह्रो भएपछि अस्पतालमा नै राखेर उपचारलाई निरन्तरता दिइएको थियो । सोही क्रममा उनको आज मृत्यु भएको हो । खड्काकी श्रीमतीको समेत केही दिनअघि मृत्यु भएको थियो ।

    ५३ वर्षीय खड्काका २ छोरा र १ छोरी रहेका छन् । तेजेन्द्र खड्का र दुर्गा प्रसाईको संयुक्त लगानीमा मार्सी बियरको समेत उत्पादन सुरु भएको छ । माफिया ह्विस्की र डन इनर्जी ड्रिंक्स समेत उत्पादनको चरणमा थियो ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १६:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij