Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बैतडीमा कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु

बैतडीमा कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु


  • 6.8K
    Shares

    बैतडीमा कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु
    images

    धनगढी । जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

    डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका(४ घर भएका का ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

    बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए । उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५ दिनअघि बैतडीबाट डडेल्धुरा रिफर गरिएको थियो । 

    उनमा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डडेल्धुरा अस्पतालको आइसियूमा उपचाररत उनको मृत्यु भएको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर बसन्तराज जोशीले बताए ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १६:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij