Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

पैदलयात्रीलाई मुक्का हान्ने प्रहरी नियन्त्रणमा, के हुन्छ कारवाहि ?

पैदलयात्रीलाई मुक्का हान्ने प्रहरी नियन्त्रणमा, के हुन्छ कारवाहि ?


  • 820
    Shares

    पैदलयात्रीलाई मुक्का हान्ने प्रहरी नियन्त्रणमा, के हुन्छ कारवाहि ?

    काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी नवराज अधिकारीले  जानकारी दिए ।

    अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

    उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १७:०२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij