Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएन, ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएन, ४० अर्ब तान्दै राष्ट्र बैंक


  • 274
    Shares

    बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएन, ४० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट उक्त रुपैयाँ तान्ने भएको हो।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    यो ८९ दिने निक्षेप संकलन उपकरणको आउँदो २०८३ जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - ११:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij