२०८२ भाद्र ५ गते बिहिवार
ओखलढुङगा । ओखलढुङगाको सुनकोशी गाउँपालिका–१ का एक बालक सुनकोशी नदीमा बेपत्ता भएका छन् । नबिन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा उनी बेपत्ता भएका हुन् । बेपत्ता बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij