२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि फागुन ७ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ४८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४६ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij