Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

भारतमा सडकमै विमान अवतरण

भारतमा सडकमै विमान अवतरण


  • 1.0K
    Shares

    भारतमा सडकमै विमान अवतरण

    काठमाडौं । भारतको असम राज्यमा सडकमै विमान अवतरण भएको छ । प्रधानमन्त्रीले नरेन्द्र मोदीले उक्त लडाकु विमान अवतरण सडकमै अवतरण गराएका हुन् ।

    भारतीय रक्षा विज्ञहरूले यसलाई चीन सीमानजिक दिइएको एक रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार यो ‘अपरेसन सिन्दूर’ बाट प्राप्त पाठको परिणाम हो ।

    मोरान बाइपासमा ४.२ किमि लामो यो सुदृढ सडक भारतीय वायुसेना (आईएएफ) सँगको सहकार्यमा तयार पारिएको हो । 

    भारतीय प्रधानमन्त्री मोदीले सी–१३०जे सुपर हरक्युलिस विमानबाट यहाँ अवतरण गराएका थिए । अवतरणपछि राफेल, सुखोई एसयू–३०एमकेआई र अन्य लडाकु जेटहरूले यहाँबाट उडान, अवतरण र फ्लाइ–पास्टसहितको एयर सो प्रस्तुत गरेका थिए ।

    यसको उद्देश्य कुनै शत्रुले प्रमुख हवाई अड्डामा आक्रमण गर्न सफल भए पनि भारतीय वायुसेनाले लडाइँ जारी राख्न सकोस् भन्ने सुनिश्चित गर्नु रहेको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १४:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij