Logo

२०८२ फाल्गुण २ गते शनिवार

२०८२ फाल्गुण २ गते शनिवार

शिवम सिमेन्टको नाफामा ५२८.५२प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

शिवम सिमेन्टको नाफामा ५२८.५२प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?


  • 491
    Shares

    शिवम सिमेन्टको नाफामा ५२८.५२प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२.८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरणअनुसार शिवम सिमेन्टले ६ महिनामा ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५२८.५२ प्रतिशतले बढेको छ।

    चालु वर्षको पुससम्म कम्पनीको व्यापार खर्च २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार खर्च ९.५४ प्रतिशतले घटेको छ।

    कम्पनीको ३ अर्ब ९ करोड ८२ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ।  कम्पनीको आम्दानी ०.११ प्रतिशतले घटेको छ।

    चुक्तापुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - ११:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij