२०८२ फाल्गुण १ गते शुक्रवार
काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक (Fund Sponsor) तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Sponsor) रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना (Open-Ended Scheme) “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रुपमा रु.५० करोड रकम बराबरको प्रति इकाई रु.१० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Sponsor) रहने गरी यसपूर्व सार्वजनिक निष्काशन गरिएको रु.१ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij