Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

बैंकले घटाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?

बैंकले घटाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?


  • 827
    Shares

    बैंकले घटाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?

    काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । २० वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याज दर घटाएका छन् । त्यसमध्ये चारवटाले व्यक्तिगत निक्षेप मात्रै घटाएका छन् भने बाँकीको व्यक्तिगत र संस्थागत दुवै ब्याज दर घटेको छ । 

    माघ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपतर्फ औसत ४.६८४५ प्रतिशत ब्याज प्रदान गरेका थिए।  फागुनका लागि भने बैंकहरुले औसतमा ०.११५५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। अब फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.५६९ प्रतिशत मात्र ब्याज दिने भएका छन्।

    ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन्। ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा धेरै ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएर ४.७५ प्रतिशत कायम गरेको छ।

    फागुनमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले फागुनमा ४.७५ प्रतिशत ब्याज दिने भएको छ ।

    सबैभन्दा कम ब्याज दिनेमा सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम, नेपाल एसबिआई र एभरेष्ट बैंक रहेका छन्। फागुनमा यी बैंकहरूले समान ४.२५ प्रतिशत ब्याज दिने भएको छ।

    यस्तै सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ प्रतिशत विन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ भने सानिमा बैंकले ०.०५ प्रतिशत विन्दुले घटाएर ४.५ प्रतिशत ब्याज तोकेको छ। स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम, नेपाल एसबिआई र एभरेष्ट बैंकले समान रूपमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ४.२५ प्रतिशत कायम गरेको छ।

    ब्याजदर स्थिर राख्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज र कुमारी बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिएको छ।

     

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १६:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij