Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता


  • 540
    Shares

    कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १३:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij