Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

हङकङका ७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

हङकङका ७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय


  • 358
    Shares

    हङकङका ७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

    काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ ।

    बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ वर्षीय लाईका लागि यो सजाय आजीवन कारावास सरह भएको बताएका छन्।

    लाइलाई सन् २०२० मा बेइजिङले लगाएको कडा ‘राष्ट्रिय सुरक्षा कानुन’ अन्तर्गत विदेशी शक्तिसँग साँठगाँठ गरेको र राजद्रोही सामग्री प्रकाशन गरेको आरोपमा दोषी ठहर गरिएको हो। 

    लाईका छोरा सेबास्टियनले यो सजायलाई ‘मृत्युदण्ड’ सरह भएको बताएका छन्। बेलायतले लाईको कमजोर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै मानवीय आधारमा उनलाई तत्काल रिहा गर्न हङकङ प्रशासनसँग माग गरेको छ।

     

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १४:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij